बागलुङ, २४ चैत– बागलुङ नगरपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड छनौट खेल प्रतियोगिता सुरु गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा ३० विद्यालयका बिभिन्न खेलहरु सम्पन्न भएका छन् ।
यही चैत २९गतेदेखि हुने जिल्लास्तरीय प्रतियोगितार्कोे तयारीस्वरुप प्रतियोगिता आयोजना भएको हो । सोमबार भएका खेलअन्र्तगत छात्रहरुको ३ हजार मिटर दौड प्रतियोगितामा सिगाना मावि तित्याङका सुदिप सुवेदी प्रथम, गरीमा आवासिय माविका उत्तम थापा द्वितीय र अमर आदर्श माविका नितिक घर्ती तृतीय भएका छन् ।
त्यस्तै छात्रातर्फ ३ हजार मीटरको दौडमा सिगाना माविकै आरती जिसी प्रथम, त्रिभुवन मावि पैयुँपाटाकी क्रिस परियार द्वितीय र रुद्रेपिपल माविका दिपा श्रीष तृतीय भएका थिए । त्यस्तै सोमबारै भएको ८ सयमिटर दौडमा छात्रातर्फ सिगाना माविका शिव खत्री प्रथम, सिगाना मावि लामिचौरका सुजन कार्की द्वितीय र गणेश मावि बलेवाका सरोज पौडेले तृतीय भएका छन् । छात्रातर्फ सिगाना मावि तित्याङका सोविता जिसी प्रथम, जनताधन मावि नारायणस्थानका अनुषा पौडेल द्वितीय र त्रिभुवन मावि पैयुँपाटाका जयन्ती खत्री तृतीय भएका थिए ।
प्रतियोगितामा मार्सल आर्ट, पुरुष तथा महिला भलिबल प्रतियोगिताहरु समेत समावेश छन् । सोमबार भएको छात्रा भलिबलमा विद्यामन्दिर मावि प्रथम र रुद्रे पिपल मावि द्वितीय भएको नगर शिक्षा शाखाका अधिकृत गौरव रानाले जानकारी दिए ।





