बागलुङ, २८ चैत– बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरुमा सहभागी भएर सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाई बागलुङको एक विद्यालयले सम्मान गरेको छ ।
युएस एकेडेमी बागलुङले शनिबार एक समारोहको आयोजना गर्दै प्रतियोगि विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेको हो । तेक्वान्दो प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीको समुह, कबड्डीमा तृतीय हुने छात्र÷ छात्राको समुह लाई पुरस्कृत गरिएको हो ।
त्यस्तै विद्यालयको तेस्रो त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार बितरण एवं खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल दल थापाले बताए ।





