आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शान्ति माविलाई राष्ट्रपती रनिङ शिल्डको उपाधि

शान्ति माविलाई राष्ट्रपती रनिङ शिल्डको उपाधि


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २८ २०७७, शनिबार

बागलुङ, २८ चैत– तमानखोला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति माध्यामिक विद्यालयले जितेको छ । खुंखानीको शान्ति माविले ६ स्वर्ण, ७ रजत, ३ कास्य पदक हातपार्दै उपाधि जितेको हो । प्रतियोगितामा जनजागृति मावि उपविजेता भएको छ ।
जनजागृती माविले ६ स्वर्ण, ६ रजत ५ कास्य हात पार्दै उपविजेता भएको तमानखोला गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण घर्तीले जानकारी दिए । प्रतियोगितामा धन गौज्योती माविले ६ स्वर्ण ४ रजत र ५ कास्य पदक हासिल गर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता रहेक वर्ष हुँदै आएको छ ।
प्रतियोगितामा तमानखोला गाउँपालिकाका आठ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै तमानखोला गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले शिक्षासँगै विद्यार्थीलाई खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमहरु आवश्यक पर्ने बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->