बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ओशो आश्रम संरक्षणका लागि हस्ताक्षर संकलन

ओशो आश्रम संरक्षणका लागि हस्ताक्षर संकलन


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७७, आइतबार

बागलुङ, २९ चैत– भारतमा रहेको ओशो पुना आश्रम बिक्री गर्नलागिएको भन्दै ओशो धर्मालम्बीहरुले विरोध गरेका छन् । उनीहरुले बिक्री गर्न नदिन हस्ताक्षर संकलन अभियान चलाएका छन् ।
ओशो अमृतम ध्यान केन्द्र बागलुङले पनि शनिबारदेखि पुना आश्रम बिक्री गर्न नपाइने भन्दै हस्ताक्षर संकलन चलाएको हो । ‘ध्यान र योगमार्फत् मानिसको स्वास्थ्यमा सुधार ल्याउने मन शान्ति बनाउने र काममा जागरण ल्याउने लक्षले संचालित आश्रम बेचेर पश्चिमा संस्कृति भित्राउन खोजिएको छ’, बागलुङ आश्रमकी संचालिका ज्योत्सना शाक्यले भनिन्, ‘सबै मिलेर हाम्रा सनातन धर्म र संस्कृति जोगाउनु पर्छ ।’ भारतको पुनामा रहेको आश्रमलाई ओशोको मुख्य केन्द्र मानिन्छ ।
ओशो इन्टरनेशनल फाउण्डेसन भन्ने संस्थामार्पmत् पुर्णे आश्रम बिक्रीको तयारी गरिएको थाहा पाएपछि रोक्ने अभियान थालिएको हो । संस्थाले अमेरिकी संस्थालाई २ सय करोड भारतीय रुपैयाँमा बेच्न लागेको स्वामी आनन्द अहतले बताए ।
नेपालमा ओशोका १ सय बढी विभिन्न ध्यान केन्द्र छन् । ओशो तपोवन काठडमाडौंसहित पोखरामा उपवन, लुम्बिनीमा जेवन, धादिङमा बेलुवन र कपिलबस्तुमा तथागत आश्रम स्वामी आनन्द अरुणले संचालन गर्छन् । पुनासँग स्वामी अरुणको सम्बन्ध तिक्ततापूर्ण छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->