आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा नबौं राष्ट्रपति रनिङ शिल्ड सुरु

बागलुङमा नबौं राष्ट्रपति रनिङ शिल्ड सुरु


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ३० २०७७, सोमबार

बागलुङ, ३० चैत– नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि बागलुङमा सुरु भएको छ । प्रतियोगितामा ६ वटा बिधामा ५ सय ५० विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् ।
मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते र उसु, छात्रछात्रा भलिबल प्रतियोगिता, कब्बडी र एथलेटिक्सका खेलहरु समावेश गरिएको समितिका प्रशिक्षक भीमसेन शाक्यले जानकारी दिए । खेलमा एथलेटिक्सतर्फ सबैभन्दा धेरै मेडल रहेका छन् । ९० स्वर्ण, ९० रजत र ११० कास्य पदकका लागि विद्यार्थीले खेल प्रर्दशन गरिरहेका छन् ।
आइतबार १ सय, २ सय मीटर, ८ सय र १५ सय मीटर दौड, लङजम्प, सटफुट, त्रिपलजम्प र ज्याव्लिङ थ्रो लगायतका खेल सम्पन्न भएका छन् ।
छात्रतर्फ १ सय मिटर दौडमा बरेङ गाउँपालिका प्रथम, गलकोट नगरपालिका दोस्रो र बागलुङ नगरपालिका तेस्रो भए । २ सय मिटर दौडमा बागलुङ प्रथम, गलकोट दोस्रो र बागलुङ तेस्रो भए । ८ सय मिटर दौडमा बागलुङ प्रथम, बागलुङ नै दोस्रो र जैमिनी नगरपालिका तेस्रो भएभने १५ सय मिटर दौडमा बागलुङ प्रथम, बागलुङनै दोस्रो र गलकोट नगरपालिकाका खेलाडी विद्यार्थी तेस्रो भए ।
छात्रातर्फ १ सय मिटर दौडमा बडिगाडकी छात्रा डिलमाया बिक प्रथम, बागलुङ नगरपालिकाकी पुनम पौडेल दोस्रो र गलकोटकी पुजा पाईजा तेस्रो भए । २ सय मिटर दौडमा जैमिनीकी शान्ति थापा प्रथम, बागलुङकी सोनी कुमाल दोस्रो र बरेङकी पार्वती क्षेत्री तेस्रो भईन् ।
८ सय मिटर दौडमा बडिगाडकी डिलमाया बिक प्रथम, बरेङकी हिमा खत्री दोस्रो र बागलुङकी सोविता जिसी तेस्रो भए । १५ सय मिटर दौडमा जैमिनीकी कविता खत्री प्रथम, बागलुङकी पार्वती क्षेत्री दोस्रो र निसीखोलाकी कमला बिक तेस्रो भईन् । सटफुट छात्रतर्फ निसीखोलाका ध्रुव परियार प्रथम, गलकोटका एमडी अव्दुल दोस्रो र जैमिनीका रमेश राना तेस्रो भए ।
छात्रातर्फ बडिगाडका सुस्मिता पुन प्रथम, निसीखोलाकी सहनशिला बिक दोस्रो र गलकोटकी सुशिला बिक तेस्रो भए । छात्र लङजम्पतर्फ बागलुङका सुरज कार्की प्रथम, बडिगाडका संजिव राना दोस्रो र निसीखोलाका दिपक नेपाली तेस्रो भए ।
छात्रातर्फ गलकोटकी किमरोज रिजाल प्रथम, बागलुङकी रक्षा क्षेत्री दोस्रो र बागलुङकै पुजा बोसेल तेस्रो भए । त्रिपलजम्प छात्रातर्फ बागलुङका रिभा मल्ल प्रथम, बागलुङकै पुनम खड्का दोस्रो र जैमिनीकी स्मृति हमाल तेस्रो भए ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले बालबालिकाको क्षमता बिकास गर्ने र खेलबाट पनि भविष्य छ भन्ने बुझाउन यस्ता खेल प्रतियोगिता संचालन भइरहनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, ससबहादुर पुनको संचालन र निमित्त समन्वय अधिकारी खिमबहादुर बिकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->