शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा नयाँ कोरोना

नवलपुरमा नयाँ कोरोना


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ३० २०७७, सोमबार

नवलपुर, ३० चैत– कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले स्वास्थ्य मापदण्द पालना गर्न आग्रह गरिरहेको छ । छिमेकी राष्ट्र भारतमा नयाँ प्रजातिको कोरोना भाइसर संक्रमण फैलिइरहेको र नेपालमा पनि त्यसको असर देखिन सक्ने भन्दै गृह तथा स्वास्थ्य दुवै मन्त्रालयले यस्तो आग्रह गरेका थिए ।
सरकारले सुरक्षित रहन आग्रह गर्दागर्दै गण्डकी प्रदेशको नवलपुरमा पनि नयाँ प्रजातिको कारोना भाइरस पुष्टि भएको छ । नवलपुरको कावासोतीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
कावासोती नगरपालिका १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा आइतबार ३ जना कोरोना संक्रमित फेला परेका हुन् । नवलपरासीपूर्वका १४ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा कावासोती नगरपालिका १६ का ४१ वर्षीया महिला, देवचुली नगरपालिका २ का २६ वर्षीय पुरुष र गैडाकोट नगरपालिका १ का ३४ वर्षीय पुरुष छन् । संक्रमितमध्ये एक जनालाई सोही अस्पतालको आइसोलेसनमा राखिएको छ भने २ जना होम आइसोलेसनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।
नवलपुरमा गत फागुन २ गतेबाट पिसिआर परीक्षण गर्न सुरु गरिएको हो । नवलपुरमा संक्रमितहरु बढिरहँदा पीसीआर परीक्षण गर्न पोखरा लैजानुपर्ने बाध्यता रहेको भन्दै गत कात्तिकमा पीसीआर मेसिन ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->