बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुस्तक तथा स्टेशनरी व्यवसायीको अध्यक्षमा शर्मा

पुस्तक तथा स्टेशनरी व्यवसायीको अध्यक्षमा शर्मा


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २ २०७८, बिहिबार

बागलुङ, २ बैशाख– नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङको १० औं साधारणसभा तथा ५ औं अधिवेसन बुधबार सम्पन्न भएको छ ।
नयाँ वर्षको शुभकामना आदानप्रदान, साधारणसभा र अधिवेसन एकैचोटी सम्पन्न भएको हो । अधिवेसनले डिल्लीराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सागर आचार्य, सचिवमा जीवननाथ शर्मा, सहसचिवमा शोभाखर आचार्य र कोषाध्यक्षमा किसोर सापकोटा चयन भएका छन् ।
समितिको सदस्यहरुमा क्षेत्रगत रुपमा बाँडफाँड गर्ने भन्दै महिला सदस्यमा देवीकुमारी शर्मा र लेखा समितिमा बाबुराम पौडेल, राधाकृष्ण शर्मा र मनप्रसाद गौतम मात्रै चयन भएका छन् । व्यवसायीहरु कुश्मीसेरा, गलकोट, बुर्तिवाङ लगायतका स्थानमा छरिएर रहेकोले उनीहरुको नाम राखेपछि मात्रै समितिले पूर्णता पाउने बताइएको छ ।
कार्यक्रममा महासंघका गण्डकी प्रदेश सचिव धु्रब शर्माले कोरोना र लकडाउनमा सबैभन्दा बढी मर्कामा परेको व्यवसायको प्रवद्र्धनका लागि सरकारले प्याकेज कार्यक्रम ल्याउनुपर्ने बताए । उनले व्यवसायी मिलेर व्यवसायिक हितमा काम गर्न पनि सुझाव दिए ।
पछिल्लो समय घटीघटाउमा पुस्तक बेच्दा स्टक रहने, नाफा नहुने र टाट पल्टने खतरा बढेको अधिकांसको टिप्पणी थियो । महासंघका अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, सहसचिव जीवननाथ शर्माको स्वागत र सचिव डिल्लीराज शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->