बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाडिएको अवस्थामा पुरुषको शव फेला

गाडिएको अवस्थामा पुरुषको शव फेला


  • ढोरपाटन संबाददाता
  • बैशाख २ २०७८, बिहिबार

बागलुङ, २ वैशाख- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->