बागलुङ, ३ वैशाख– बागलुङ बजार लोकतान्त्रीक चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी भएको छ । शुक्रबार विहान अचानक भएको आगलागीबाट हार्डवयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।





