बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नयाँ वर्षमा जेष्ठ नागिकलाई नगद र सम्मान

नयाँ वर्षमा जेष्ठ नागिकलाई नगद र सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७८, शुक्रबार

बागलुङ, ३ वैशाख– बागलुङको बरेङ गाँउपालिका वडा नं २ हुग्दिशीरको बराहकोटस्थित नमुना महिला बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीका ६५ वर्ष माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले समाजका जेष्ठ नागरिक नयाँ पुस्ताका लागि किताब भएको बताए । नयाँ पुस्ताले सुख खोज्ने रहरमा बसाईसराई गरी सहर जाने र छोराछोरी पढाउने प्रचलनलाई बढ्वा दिँदा गाँउघरमा जेष्ठ नागरिकहरु अवहेलना हुनुपरेको उनको भनाई थियो ।
कार्यक्रममा संस्थाका ८५ वर्षीय जेष्ठ नागरिक बल बहादुर श्रीसलगायत ३१ जनालाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, वडा अध्यक्ष गुप्त प्रसाद काला थापा, संस्थाका अध्यक्ष चिनीमाया काला थापाले नगद तथा खादा ओढाए सम्मान गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष गुप्तप्रसाद काला थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य प्रकाश छन्त्याल, संस्थाका लेखा संयोजक सविता पुन श्रीस, जेष्ठ शेयर सदस्य तथा संस्थाका सल्लाहकार रत्न कुमारी मगर्नी, अरनिको प्राविका प्रधानध्यापक विष्णु श्रीसलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष चिनीमाया काला थापाको अध्यक्षता, उपाध्यक्ष नुर्पा छन्त्याल पुनको स्वागत र सचिव दीपा श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->