पोखरा, १० वैशाख– गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा सुरु गरेको हो । यो युआरएलको पाँचौं शाखा हो ।
पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।
गण्डकी अस्पताल र अन्य अस्पतालमा आइपर्ने आकस्मिक अवस्थालाई मध्यनजर गरी यहाँ २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध हुने उनको भनाई छ ।
शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले जानकारी दिए ।





