बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नयाँ विश्वको चौथो साधारणसभा

नयाँ विश्वको चौथो साधारणसभा


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ११ २०७८, शनिबार

बागलुङ, ११ वैशाख– नयाँ विश्व डटकम अनलाइन पत्रिका संचालन गरिरहेको नागरिक संचार प्रालिको चौथो साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाका वक्ताहरुले संचारक्षेत्र निश्पक्ष र तटस्थ बन्न नसकेको टिप्पणी गरे ।

कार्यक्रममा सामाजिक अगुवा देवबहादुर श्रेष्ठले हातैले लेखेका देखि छापिएका पत्रपत्रिका बाट डिजिटल जमानामा समाज रुपान्तरण भएको बताए । उनले अब हातहातमा समाचार पढ्ने व्यवस्था सुरु भएको भन्दै हरेक नागरिकले प्रविधि जान्नुपर्ने समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलले पत्रकारितालाई व्यवसायिक बनाउने, प्रविधि मैत्री बनाउने लगायतको काममा नयाँ पत्रिका सफल बन्ने बताए । कंडेलले श्रमजिविले काम छोड्नुपर्ने अबस्था र जवरजस्ती निकाल्ने अबस्था आउन नदिन महासंघ वाचडगको भूमिका रहने बताए ।
नयाँ विश्व डटकमका कावा अध्यक्ष सुवास राजभण्डारीको अध्यक्षता, सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालन र अर्जुन चोखालको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु, चैनदेवी श्रेष्ठ लगायतले बोलेका थिए । उक्त अबसरमा कोषाध्यक्ष निर्मल श्रेष्ठले आर्थिक र मुकेशचन्द्र राजभण्डारीले प्रगती प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा चैनदेवी श्रेष्ठले १ लाख १० हजारको चेक समेत हस्तान्तरण गरिन् । नयाँ विश्वले १ करोडको चुक्ता पुजिबाट थालेको अनलाइन प्रकाशनलाई एक बर्ष भित्रै २ करोड पु¥याउने लक्ष राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->