बागलुङ, १४ वैशाख- कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप लगाएका बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुले केहि दिन पहिला मात्रै कोभिशिल्ड नामक खोपको दोस्रो डोज लगाएका थिए । अस्पतालमा कार्यरत उनीहरुमा लक्षण देखिएपछि कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । त्यस्तै, काठेखोला गाउँपालिका, ८ का ३२ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । यो सँगै बागलुङमा मंगलबार मात्रै १५ जनामा संक्रमण पुष्टि भएको छ । काठेखोलाका ती पुरुषमा एन्टिजियन परीक्षण गरिएको थियो ।





