शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एक साता बन्दाबन्दी गर्न बाउबा संघको आग्रह

एक साता बन्दाबन्दी गर्न बाउबा संघको आग्रह


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १८ २०७८, शनिबार

बागलुङ, १८ वैशाख– बागलुङका सबै स्थानीय तहमा एक साता बन्दाबन्दी गर्न बागलुङ उधोग बाणिज्य संघले आग्रह गरेको छ । शनिवार बिहान बसेको संघको बैठकले एक साता जिल्लाभर बन्दाबन्दी (लकडाउन) गर्न जिल्ला प्रशासन कार्यालय र दशवटै स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले जिल्लालाई सुरक्षित बनाउँदै संक्रमण फैलिन नदिनका लागि एक साता बन्दाबन्दी गर्न अनुरोध गर्ने निर्णय गरेको महासचिव नरेश कँडेलले बताए । बैठकले बन्दाबन्दीको समयमा उद्योग व्यवसायसँग सम्बन्धित सबैको पिसीआर जाँच गर्न, बैंक तथा बित्तिय संस्था बन्द गरेर व्यवसायीले लिएको कर्जाको किस्ता र व्याजको समय तालिका मिलाउन, स्थानीय तहले लगाएको कर मिनाहा गर्न लगायतका माग समेत राखेको छ । अस्पतालका चिकित्सकहरुलाई कोभिडका बिरामीको उपचारमा जुट्न, नाकामा क्वारीन्टिन निर्माण गर्न र घरभाडा छुट गर्न समेत संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->