
बागलुङ १८ वैशाख– कोरोना भाईरस संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारे घर भई चितवनमा बस्दै आएका २८ बर्षिया युवाको शुक्रबार राती मृत्यु भएको हो ।
बैशाख १० गते कोरोना संक्रमण पुष्टि भई वैशाख १४ गते भरतपुर अस्पतालमा भर्ना भएका उनको शुक्रबार राती मृत्यु भएको जानकारी स्वास्थय कार्यालय बागलुङमा आएको छ । उनको स्वासप्रस्वासमा समस्या थियो ।
उनको सघन कक्षमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जैमिनी नगरपालिका वडा नम्बर ५ मा घर भएपनि उनी चितवन बस्दै आएको बताइएको छ ।





