शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गैंडाकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

गैंडाकोटका कोरोना संक्रमित पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७८, बुधबार
फाईल तस्विर

नवलपुर, २२ वैशाख – नवलपुरको गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ ।
शाखा प्रमुख झलकराज पौडेलका अनुसार १९ गते अस्पतालमा भर्ना भएका ती पुरुषको आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा १९ गते संकलित स्वावको नमूना परिक्षण गर्दा २० गते उनमा कोभिड १९ पुष्टि भएको हो ।
स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख पौडेलका अनुसार जिल्ला अस्पतालमा कोभिड पुष्टि भएपछि घरमै आईशोलेशनमा बसेकोमा स्वास्थ्यमा बाधा भएपछि चितवन स्थित अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । कोभिडसँगै थप अन्य स्वास्थ्य समस्या केही रहे नरहेको पूर्ण विवरण अस्पतालको आधिकारिक विज्ञप्ति पछि मात्रै बताउन सकिने नगर स्वास्थ्य शाखा स्वास्थ्य कार्यालय नवलपुरका प्रमुखले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->