६० जनाबागलुङ, २४ वैशाख– बागलुङमा शुक्रबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षमा वडिगाड गाउँपालिकाका २५ जना सहित ४७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । ६० जनाको नमुना परीक्षणमा १३ जनाको मात्रै नेगेटिभ रिपोट आएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देब प्रकाश घिमिरेले जानकारी दिए । यो संगै बागलुङमा संक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ ।





