शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बौदीकालीकामा संकलित शतप्रतिशतमा कोरोना संक्रमण

बौदीकालीकामा संकलित शतप्रतिशतमा कोरोना संक्रमण


  • खगेन्द्र पराजुली
  • बैशाख २९ २०७८, बुधबार

नवलपुर, २९ वैशाख – नवलपुरको पहाडी गाउँपालिका बौदीकालीका २४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार पालिकामै स्वाब संकलन गरी परीक्षणका निम्ति पोखरा पठाइएका २४ वटा स्वाबमा सबैमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार प्रदेशबाट २४ जनाकै स्वाब परिक्षण रिपोर्टमा पोजेटिभ आएको मौखिक जानकारी आएको तर, अहिलेसम्म ३ जनाको आधिकारिक रिपोर्ट प्राप्त भइसकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार स्थानीयसहित केही जनप्रतिनिधि, पालिकाका कर्मचारी, वडाका कर्मचारी र स्वास्थ्यकर्मी समेतमा संक्रमण पुष्टि भएको हो । २ जनामा केही लक्षणरहेपनि बाँकी संक्रमितहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
बैदीकालीको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र प्रस्तावित आधारभूत स्वास्थ्य अस्पतालमा ८ शैयाको अक्सिजनसहितको व्यवस्थापन मिलाइएको र २ वटा बिजुलीबाट अक्सिजन सपोर्ट हुने अक्सिजन कन्सलटेटर मेसिन रहेकोले तत्काललाई अक्सिजनको अभाव नरहेको बताइएको छ ।
केही पहिला २ जना स्थानीय स्याङ्जाको चापाकोट गएर फर्किएपछि ती दुवै जनामा ज्वरोलगायत लक्षण देखा परे पनि सामान्य मानेर करिब एक सातासम्म कुनै जानकारी नभएको तर शुक्रबार एक जनामा अचानक समस्या आएपछि उपचारका लागि पोखरा लैँजादै गर्दा भीमाद आसपासमै ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
मृत्युपश्चात बीचबाटोबाटै फर्काएर दाहसंस्कार गरिएको गाउँपालिकाले जनाएको छ । ग्रामीण बस्ती भएकाले आफन्त बिरामी परेको भन्दै भेटघाट हुने क्रममा संक्रमण फैलिएको हुनसक्ने अनुमान लगाइएको छ । परीक्षणका लागि पठाइएका शतप्रतिशत नमूनामा कोभिड पोजेटिभ देखिएको जानकारी मंगलबार मात्रै प्राप्त भएकाले गाउँपालिकाले थप ब्यवस्थापनमा के गर्ने भन्ने विषयमा अविलम्ब आधिकारीक निर्णय आउने प्रशासकीय अधिकृत सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->