शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा बुधबार १०२ जनामा संक्रमण पुष्टि

बागलुङमा बुधबार १०२ जनामा संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार
तस्बिरः सटरस्टक ।

बागलुङ, २९ वैशाख– बागलुङमा बुधबार बिहान एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका १ सय २ जनामा संक्रमण पुष्टि भएको हो । धौलागिरी अस्पतालका ६ जना स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकामा मात्रै ८९ जना संक्रमित रहेको पुष्टि भएको छ । ती मध्ये वडा नं. १४ नारायणस्थान, वडा नं. ९ तित्याङ र वडा नं. १३ पैञ्युपाटामा संकलन भएका स्वावहरुमध्ये धेरैको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । त्यस्तै बडिगाड गाउँपालिकाका २ र निसीखोला गाउँ पालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ । बागलुङमा सकृय संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->