बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचारकक्षमा उपचार गराईरहेका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका–८ का ७९ बर्षिय पुरुषको मंगलबार बिहान तीन बजे मृत्यु भएको हो । त्यस्तै वडिगाड गाउँपालिका–४ की ७७ बर्षिया महिलाको पनि बिहानै मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । उनीहरु होम आईसोलेसनमा बस्दैगर्दा समस्या आएपछि अस्पताल आएका थिए ।





