शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा १३० जनामा संक्रमण पुष्टि

बागलुङमा १३० जनामा संक्रमण पुष्टि

ढोरपाटन नगरपालिकामा ४३ जनाको जाँच गर्दा २५ जनामा संक्रमण ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७८, मंगलबार

बागलुङ, ४ जेठ– बागलुङमा मंगलवार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बागलुङका अनुसार धौलागिरी अस्पतालमा आएका संकास्पद बिरामीहरु मध्ये ३३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालले ४३ जनाको स्वाव संकलन गरेको थियो । जिल्लाको जैमिनी नगरपालिकाका ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य शाखाले ६२ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दोस्रो लहर चलेपछि पहिलो पटक परीक्षण गराएको ढोरपाटन नगरपालिकामा २५ जनामा संक्रमण पुष्टि भएको छ । ढोरपाटनमा ४३ जनाको परीक्षण गरिएको थियो । तमानखोला गाउँपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएको छ । तमानका ४६ जनाको परीक्षण भएको थियो । काठेखोला गाउँपालिकामा १३ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । सबैभन्दा धेरै सकृय संक्रमित रहेको बागलुङ नगरपालिकामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ । यहाँका ३८ जनाको जाँच भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->