मुस्ताङ, ४ जेठ– हिमाल पारीको जिल्ला मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जोमसोम अस्पतालमा सोमबार कोरोना सक्रमणबाट थप एक ब्यक्तिको मृत्युु भएको हो । थासाङ गाउपालिका–५ घर भई घरपझोङ गाउँपालिका ३ स्याङ बस्ने ती पुरुषको अस्पतालको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य सयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।
गत बैशाख ३१ गते आईसोलेसन भर्ना भएका ती पुरुषको तीन दिनपछी अस्पतालमा मृत्युु भएको हो । कोरोना सक्रमणबाट मृत्युु भएका पुरुषको सोमबारनै नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । यो सँगै मुस्ताङमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो । यसअघि मुस्ताङको घरपझोङ ४ बस्ने ७२ बर्षिया महिला र शनिबार वारागुङ मुत्तिक्षेत्र १ पुराङ रानिपौवाका ३३ बर्षिय युवाको पोखरामा मृत्यु भएको थियो । कोरोनाको दोश्रो लहरसँगै मुस्ताङमा हालसम्म १ सय १४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । थासाङका १ जना र घरपझोङमा १८ जना संक्रमण मुक्त भएका छन् भने बाँकी सबै होम आईसोलेसनमा छन् ।





