शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुरमा थप १० दिन निषेधाज्ञा

नवलपुरमा थप १० दिन निषेधाज्ञा


  • खगेन्द्र पराजुली,
  • जेष्ठ ४ २०७८, मंगलबार

नवलपुर, ४ जेठ– नवलपुरमा १० दिन निषेधाज्ञा थप हुने भएको छ । निषेधाज्ञा अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालय नवलपुरले जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोभिड संक्रमितको संख्या नघटेपछि निषेधाज्ञा अवधिमा यसअघि निषेध गरिएका निर्देशनका मापदण्डमा थप कडाई गरिएको नवलपुर प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन् ।
यसअघि दैनिक २ घण्टा बैंक खोल्न निर्देशन दिएको प्रशासनले अब आलोपालो सेवा प्रवाह गर्न प्रशासनले नै निर्देशन गरेको छ ।
तरकारी तथा खाद्यबस्तु खरिद–बिक्री गर्ने ठाउँमा हुने भीड पनि कोरोना संक्रमण फैलाउने मुख्य स्थान भएको ठहर गर्दै प्रशासनले त्यस्ता पसलहरु समेत दिनमा २ पटक साँझ र बेलुका २–२ घण्टा निश्चित समयसम्म खोल्न पाउने निर्देशन जारी गरेको छ ।
गैंडाकोटमा हिँडडुल पनि गर्न नपाइने
वैशाखयता फैलिएको कोरोना संक्रमण जिल्लाको समग्र संक्रमितको संख्याको ३६ प्रतिसतभन्दा धेरै संक्रमित पुष्टि भएको गैंडाकोट नगरपालिकाले जेठ १० गतेसम्मका लागि हिडडुल गर्न समेत निषेध गरेको छ ।
चितवनसँगको नजिकको सिमाना रहेको र बजार तथा अत्यावश्यक प्रयोजनमा हिडडुल गर्नुपर्दाको पायक पर्ने निकटको क्षेत्र नारायणगढ र भरतपुर ओहोरदोहोर गर्नुपर्दा पनि संक्रमण तीव्र रुपमा फैलिएको हुन सक्ने आंकलन सो निर्णय गरिएको नगर प्रमुख छत्रलाल पौडेलले बताए ।
वैशाखयता जिल्लाभर १ हजार ७ सय १२ जना संक्रमित पुष्टि हुँदा गैंडाकोटमा मात्रै ६ सय २४ जना संक्रमित भेटिएका छन् ।
दुम्कौलीमा ओपिडी बन्द
देवचुलीस्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रले मंगलवारदेखि अनिश्चित समयसम्म ओपिडी सेवा प्रदान नगर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्थापन गर्र्नुपर्ने भएकाले अर्को सूचना नआउञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको निमित्त कार्यालय प्रमुख चित्रबहादुर सुनारले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->