नवलपुर, ४ जेठ– नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कावासोतीका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनायो । अस्पतालका मेसु एवं प्रमुख डा. बीरबहादुर थापाका अनुसार कावासोती नगरपालिका वडा नं २ का ६८ वर्षीय पुरुष र कावासोती–१६ कि ८२ वर्षीय महिलाको मंगलवार मृत्यु भएको हो ।
दुवै जनालाई हाईफ्लो अक्सिजन दिनुपरेको थियो । पुरुष बिरामी मधुमेह, निमोनिया र मृगौला सम्वन्धि समस्याबाट ग्रसित थिएभने महिलामा दीर्घ रोग, मस्तिष्क सम्वन्धी समस्या र शारिरीक अपांगता जस्ता समस्या रहेको अस्पतालले जनाएको छ ।
बैशाख ३१ गते अस्पताल भर्ना भएका ती पुरुषमा जेठ २ गतेको पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो । बैशाख २८ गते कोरोना पोजेटिभ पुष्टि भएकी बृद्धा महिला जेठ १ गते अस्पतालमा भर्ना भई उपचाररत थिईन् ।





