बागलुङ, ६ जेठ– कोरोना संक्रमणबाट विहिवार बागलुङका दुइजनाको मृत्यु भएको छ । दुवै जनाको पोखरामा मृत्यु भएको हो । गलकोट नगरपालिका वडा नं. ६ का ७० बर्षिय पुरुषको बिहिवार साँझ मृत्यु भएको हो ।
अर्का ढोरपाटन नगरपालिका वडा नं. १ का ३६ बर्षका युवाको बिहिवार बिहानै मृत्युभएको हो । ज्वरो आएर केही दिन घरमै आराम गरेका उनी बुधवार मात्रै उपचारकालागि पोखरा गएको छिमेकीले बताए । बेलाबेला छाती दुखेको बताउने ती युवा ज्वरोको औषधि खाएर घरमै बसेका थिए ।
यसैबीच बिहिवारै बागलुङमा २ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ती मध्ये सबैभन्दा धेरै गलकोटका छन् । १ सय ४० जनाको परीक्षण गरिएकोमा गलकोटका मात्रै ८६ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै काठेखोलामा १६ जना, बागलुङ नगरपालिकामा ७३ जना, धौलागिरि अस्पतालमा २४ जनाामा संक्रमण पुष्टी भएको स्वास्थय कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । उनीहरु उपचारका लागि अस्पताल आएका संकास्पद बिरामी हुन् । एकजना छिमेकी जिल्ला पर्वतका छन् । बागलुङमा भएको परिक्षणमा एकैदिन यतिधेरै मानिसमा संक्रमण पुष्टी भएको पहिलो पटक हो ।





