बागलुङ, ७ जेठ– कोरोना संत्रमित बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ८२ बर्षिया पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । जेठ २ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका ती पुरुषको स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल ल्याउँदै गर्दा बिहिबार राती बाटोमै मृत्यु भएको हो ।
उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईंदै थियो । कोभिड निमोनिया भएका उनलाई उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।





