बागलुङ, ९ जेठ– बागलुङमा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरि अस्पतालमा गरिएको पिसीआर परिक्षणमा थप ३६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
काँठेखोला गाउँपालिका र धौलागिरि अस्पतालले संकलन गरेको नमुना परिक्षणको क्रममा ३६ जना थपिएको कार्यालयका कोभिड १९ स्रोतव्यक्ति देवप्रकास घिमिरेले जानकारी दिनुभयो । यससंगै बागलुङमा सक्रिय संक्रमितको संख्या ७ सय ८८ पुगेको छ ।
आइतबार जिल्लाका बिभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका १ सय ३८ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । पछिल्लो समय जिल्लामा संक्रमित थपिनेको भन्दा मुक्त हुनेको संख्यामा बढ्दै गएको छ ।





