बागलुङ, १० जेठ– बागलुङमा आईतबार राती एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका काठेखोला गाउँपालिका–८ लेखानीका ५९ बर्षिय पुरुषको मृत्यु भएको हो । वैशाख २९ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोभिड निमोनिया लगायतका समस्या थिए । उपचारको क्रममा आईतबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए ।





