शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा जेठ १२ देखि छुटेकालाई दोस्रो डोज दिईने (तालिका सहित)

बागलुङमा जेठ १२ देखि छुटेकालाई दोस्रो डोज दिईने (तालिका सहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७८, सोमबार
फाईल तस्विर

बागलुङ, १० जेठ– बागलुङमा आउँदो जेठ १२ गतेदेखी दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन हुने भएको छ । सोमबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जेठ १२ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निणर्य गरेको हो ।
पहिलो चरणको खोप लगाएर छुटेका अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मात्रै यो पटक खोप लगाईने छ । खोप लगाउनका लागि जिल्लाभर दशवटा केन्द्र तोकिएको छ । तत्कालका लागि स्वास्थ्य कार्यालयसँग ९ सय ३० भायल कोभीशिल्डको खोप मौज्दात रहेकाले सोही खोप दोस्रो डोज लगाउन छुटेकालाई लगाईने छ ।
पहिलो डोज लगाएर दोस्रो डोज नपाएका जेष्ठ नागरिकले भने तत्काल यो सुविधा पाउने छैनन् । समितिको निर्णय अनुसार अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र पत्रकारले छुटेको दोस्रो डोज लगाउन पाउने छन् ।
खोप केन्द्रहरुको तालिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->