शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमणबाट बुर्तिवाङमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट बुर्तिवाङमा एक पुरुषको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १२ २०७८, बुधबार

बागलुङ, १२ जेठ– प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङको आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा नं. २ का ७९ बर्षका ती पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
बुधवार दिउसो ती पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । सात दिनदेखि कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी उपचार गराइरहेका थिए । पुरुषको मंगलबार मात्रै संक्रमण पुष्टी भएको थियो ।
बुर्तिवाङमा अहिले पनि घरघरमा संक्रमित रहेको बताइएको छ । कतिपयको पीसीआर भएको छ भने धेरैको परीक्षण हुन नसकेको केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए । अहिलेपनि केन्द्रमा ७ जना आइसोलेसनमा र ३ जना इमरजेन्सीमा उपचार गराइ रहेको मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->