बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्थापना दिवशमा प्रेस युनियनको शुभकामना

स्थापना दिवशमा प्रेस युनियनको शुभकामना


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १३ २०७८, बिहिबार

बागलुङ, १३ जेठ– नेपाल प्रेस युनियन बागलुङले ३१ औं स्थापना दिवशको अवसरमा शुभकामना व्यक्त गरेको छ । कोरोना संक्रमण र निशेधाज्ञाका कारण भौतिक उपस्थितिमा शुभकामना कार्यक्रम गर्न नसकेको भन्दै बिज्ञप्तीमार्फत शुभकामना व्यक्त गरिएको अध्यक्ष प्रदिप पन्तले बताए ।
विज्ञप्तीमा लामो र गौरवपूर्ण इतिहास बोकेको संस्थामा आबद्ध र सबै पत्रकारले जोखिमका बेला विश्वसनियता र सन्तुलित भएर काम गर्न पनि पत्रकारलाई आब्हान गरिएको छ । संक्रमणको समयमा जोखिममा खटिएका पत्रकारको उच्च मूल्यांकन गर्दै संक्रमित पत्रकारको शिर्घ स्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ ।
त्यस्तै मृतकप्रति श्रद्धाञ्जली दिंदै सबैलाई सचेत र संयम भएर काममा खटिन आग्रह गरिएको छ । युनियनले हाल देशको राजनीतिक घटनाक्रममा पनि ध्यानाकर्षण भएको बताएको छ । प्रधानमन्त्रीले चालेको कदमले संसद बिघटन र नयाँ निर्वाचनमा जाँदा देशको आर्थिक अवस्था कमजोर हुने भन्दै पहिलो चरणमा जनताको स्वास्थ्यको रक्षामा लाग्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->