लागुऔषध दुव्र्यसनीको उपचार गर्दा १ महिना पनि नपुग्ने खर्चले १ जना विद्यार्थीलाई वर्षभरीको शुल्क तिर्न पुग्छ ।
Quitters are winners, Commit to quit. अर्थात् ‘त्याग्नेहरु नै विजेता हुन् त्याग्ने संकल्प गरौं’ भन्ने नाराका साथ सुर्तीजन्य पदार्थरहित दिवस मनाउँदैगर्दा आज यसको इतिहास कानूनी व्यवस्था र हाम्रो अवस्थाको छोटो चर्चा गरौं । विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुको प्रतिवद्धताबाट सन १९८७ मा स्थापना भएको दिन, सुर्तीजन्य पदार्थविरुद्धको अन्तर्राष्ट्रिय दिवस (World No Tobacco day, 31 May 1988) देखि ३१ मे लाई विश्व धुम्रपान दिवसका रुपमा स्मरण गरिन्छ । यसै अवसरमा धुम्रपानसँग सम्बन्धित विगततर्फ हेरौं :
१) सर्वेक्षण रिपोर्ट अनुसार बिश्वमा प्रतिवर्ष ८ मिलियन भन्दा बढी मानि;को मृत्य’ धुम्रपान सेवन गर्नेको कारण हुन्छ । जबकि अन्य कारणबाट १.५ मिलियन मानिस मात्र मर्दछन् ।
(२) ८० % भन्दा बढी यस्ता अम्मली निम्न तथा मध्य आय भएका मुलुकमा बसोबास गर्दछन् ।
(३) धुम्रपान तथा सुर्ती सेवनकर्ताको ओठ, दाँत, मुख, घाँटी तथा फोक्सोको क्यान्सरलगायत अन्य रोगको कारण पनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु हो ।
नेपाल सरकारले पनि २०६८ साल वैशाख २६ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लागु गरेको छ । यसको प्रस्तावनामै उल्लेख गरिएको छ कि,‘धुम्रपान तथा सुर्तीसेवन मानब स्वास्थको लागि अत्यन्त हानिकारक भएको र यसको सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरेर सर्वसाधारणको स्वास्थ, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, बितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वान्छनीय भएकोले नेपालको अन्तरिम संविधान २०६३ बमोजिम यो ऐन बनेको छ ।
यस ऐनको परिच्छेद १, दफा २ (ख) मा ‘धुम्रपान’ भन्नाले चुरोट बिंडी, सिगार, तमाखु, कक्कड, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम संझनुपर्छ भनी स्पष्ट रुपले कानूनी परिभाषा गरिएको छ । त्यसैगरि ऐनको परिच्छेद २, दफा ३ र ४ अन्तर्गत सार्वजनिक स्थल, कार्यस्थलका साथै घर, निजी सवारी साधन र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका स्थल समेतमा धुम्रपान तथा सुर्ती सेवन गर्न पाइँदैन । तर, कसैलाई असर नपर्ने धुम्रपान तथा सुर्ती सेवन गर्न छुट्टै स्थानको व्यवस्था गरिएकोमा सेवन गर्न सक्छन् ।
यस ऐनको दफा १७ अन्तर्गत कसैले ऐन विपरित धुम्रपान तथा सुर्ती सेवन गरेमा तुरुन्त रोक लगाउने, नमानेमा त्यस्तो सार्वजनिक स्थलबाट निकाल्ने, जरिवाना गर्ने, सेवनकर्ता सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा पहिलो पटक तुरुन्त रोक लगाउने, अर्को पटक सो गल्ती गरेमा अनुशासनमा नरहेको मानी निजको सेवा शर्तसम्बन्धी कानून बमोजिम सचेत गराउने वा बिभागीय कार्वाही गर्ने । परिणाम स्वरुप सचेत गराएको अवस्थासम्म मानिसहरु सार्वजनिक स्थल र अरुका अगाडी धुम्रपान गर्दैनन् । तर सुर्ती, पानपरागलगायतका चिज सेवनमा अझै छाडापन कायम छ ।
सुर्तीजन्य पदार्थ राखिएको कागजको सानो खिल्ली, बींडी, सिगरेट सल्काएर निस्केको धुवा स्वास प्रश्वासका माध्यमले (तान्ने) सेवन गर्ने बानी तथा कार्यलाई धुम्रपान (क्mयपष्लन) भनेर बुझिन्छ । लगातार वा धेरै धुम्रपान गर्नेलाई चेन स्मोकर तथा हेभि स्मोकर भन्ने गरेको सुनिन्छ । घर आगन, सडक, सवारी, कार्य स्थल, होटल रेष्टुरेन्ट जताततै निस्फिक्री धुँवा उडाएर आनन्द लिएको जस्तो देखिने मानिसको व्यवहारबाट यो चैं सानदार मात्र होइन, आनन्ददायक चिज रहेछ भन्ने कौतुहल बालबालिका देखि तनावमा रहेका सबै व्यक्तिमा भान पर्न सक्छ, अनि देखासिकीमा सिगरेट तान्न थाल्छ । तर, धुम्रपान लागुऔषध तथा अन्य नसालु पदार्थ सेवनका लागी प्रवेशद्वार पनि हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । मौका मिल्नासाथ लागु औषध दुव्र्यसनीले चुरोट सेवनकर्ताले जसरी एकान्तमा गाँजा मिच्ने, चुरोटको खिल्लीबाट सुर्ती निकालेर मिचेको गाँजा, मिचेर धुलो पारेको गाँजा पुनः त्यही कागजमा टन्न भरेर चुरोट जसरी तान्ने गर्दछन् । जब ऊ लागुऔषधको दुव्र्यसनी बन्न पुग्छ, अनिमात्र उ आफैले बुझ्छ । तर, सेवनबाट मुक्ति पाउन नसक्ने एउटा दीर्घरोगी वा कडा बिरामी अवस्थामा हुन्छ । यस्ता दुव्र्यसनीको उपचार गर्दा १ महिना पनि नपुग्ने खर्चले १ जना विद्यार्थीलाई वर्षभरीको शुल्क तिर्न पुग्छ । योग्य तथा दक्ष भएर आफू, आफ्नो परिवार तथा समाज र राष्ट्रलाई योगदान गर्ने समयमा कुलतका कारण सबैको बोझ हुनका साथै केवल आफैलाई धिक्कार्दै बाँच्ने, अकल्पनीय दुर्घटना निम्त्याउने, शान्ति खल्बलाउने जस्ता दुव्र्यसनी बानी–व्यहोरा एउटा चुरोटको सेवनबाट सुरु हुन्छ भन्दा पत्याउन गारो हुन्छ ।
धुम्रपानले मानव स्वास्थमा कसरी नकारात्मक असर गर्दछ भन्ने सन्दर्भमा चिकित्सकका अनुसार श्वास प्रश्वासको क्रममा अक्सिजन लिएर शुद्ध अक्सीजन फोक्सो हुदै मुटु पुगेर रगत प्रशोधन गर्दै अशुद्ध कार्वन डाईअक्साइड बाहिर फ्याँक्नुपर्नेमा लामो समयसम्म धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा निकोटिन विष तथा कार्वन डाइअक्साइडयुक्त धुँवा फोक्सोमापुग्दा रगत प्रशोधन अर्थात सफा गर्ने कार्य हुँदैन, अर्थात निकोटिन विषादीयुक्त कार्वन डाईअक्साइडले रगतलाई झन फोहोर बनाउँदै जान्छ । धुवाँको कारण फोक्सोमा भएका सानासाना प्वालहरु बुझिँदै जान्छन् र सास फेर्न गाह्रो हुने, खोक्दा रगत मिसिएको कफ आउने हुन्छ । साथै धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनकर्ताको शरीर, मांसपेशीहरु सिथिल बन्दै जान्छन् । अन्तमा, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाँदा घाउ निको नहुने, उच्च डोजको महंगो औषधि चलाएर लामो समयपछि एक–दुईपल्ट उपचार संभव भएपनि विषादीयुक्त फोहोर रगतका कारण रोग प्रतिरोध क्षमता कमजोर हुँदै जाँदा बचाउन सकिंदैन । लागुऔषध सेवनकर्ता, धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनकर्ताको नजिक पर्दा, ऊ बस्ने कोठामा प्रवेश गर्दा गन्ध आउनुका साथै उसका दाँत पहेंला, ओठ मुख सुख्खा देखिनुका साथै आम्दानी वा बचतको रकम धुम्रपानका लागी खर्च हुदाँ धुम्रपान गर्ने व्यक्ति, उसका परिवारमा आर्थिक समस्याले सन्तुलित भोजन, लुगा तथा अन्य आवश्यक सुविधामा समेत असर पर्दछ ।
तसर्थ, आजैदेखि संकल्प गरौं, धुम्रपान त्यागौं र स्वास्थलाभ लिंदै खुसीका साथ दिर्घजीवन बाँचौ । अरुलाई धुम्रपान तथा सुर्ती सेवन नगर्न सल्लाह दिऊँ , बालबालिकालाई यस्ता कार्यमा प्रयोग नगरौं ।





