बागलुङ, १७ जेठ– बागलुङमा सोमबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–१३ की २५ बर्षिया महिलाको सोमबार बिहान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी जेठ १२ गते अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । ती महिलामा मुटु तथा फोक्सोको समस्या थियो ।





