बागलुङ, १८ जेठ– चट्याङ लागेर बागलुङको बडिगाडमा एक बालक घाइते भएका छन् । बडिगाड गाउँपालिका वडा नं. ५ का १२ वर्षिय सुवास पेमी घाइते भएका हुन् । उनको उपचारका लागि अस्पताल लैजाने तयारी भएको बडिगाड गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए । मंगलबार दिउँसो बादलिएपछि अनाचक चट्याङ परेको थियो ।





