बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माझी बस्तिमा युवाले गरे खाद्यान्न वितरण

माझी बस्तिमा युवाले गरे खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

बागलुङ, २१ जेठ– निशेधाज्ञामा रोजगारी गुमाएका बलेवाको माझी बस्तिका स्थानीयलाई युवाहरुले खाद्यान्न सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाहरुले समस्यामा परेका १९ परिवारकोलागि खाद्यान्न सहयोग गरेका हुन् ।
अमलाचौरका सविन पाठकको नेतृत्वमा माझी बस्तिमा पुगेका युवाहरुलो झण्डै ४० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेका थिए । चामल, दाल, नुन, मसला, तेल लगायतका सामग्री वितरण गगिएको हो । यस अघि बिहिबार अमलाचौरकै विपन्न १० परिवारकालागि उनीहरुले खाद्यान्न बाँडेको बताए ।
लामो समय निशेधाज्ञा हुँदा काम बन्द भएर घरमै बसेका परिवारको लागि युवाहरुको सकृयतामा खाद्यान्न वितरण सुरु भएको हो । स्वस्फुर्त रुपमा युवाहरुले संकलन गरेको सहयोग रकमबाट खाद्यान्न वितरण गर्ने गरेको पाठकले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->