बागलुङ, २१ जेठ– कोरोना भाईरस संक्रमण भएर उपचार गराईरहेका बागलुङको तमानखोला गाउँपालिकाका एक पुरुषको शुक्रबार मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङको सघन उपचार कक्षमा उपचार गराईरहेका तमानखोला गाउँपालिका–३ का ६३ बर्षिय पुरुषको शुक्रबार साँझ उपचारकै क्रममा मृत्यु भएको हो । उनी गत जेठ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनमा कोभिड निमोनिया लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । उनका अनुसार बागलुङमा कोरोना भाईरसको दोस्रो लहर चलेपछि मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।





