बागलुङ, २३ जेठ– सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठेखोला–४ तंग्राम, बागलुङले स्वास्थ्य सामग्री वितरण गरेको छ । जेठ २१ ग्ते काठेखोला गाउँपालिका ३ धम्जालाई माक्स, स्यानिटाइजर, पल्सअक्सिमिटर, पीपीईलगायतका स्वास्थ्य सामग्री हस्तारन्तरण गरेको हो । संस्थाका अध्यक्ष गिरबहादुर पुनका अनुसार कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका ३ धम्जाको लागि माक्स २० प्याकेट (१०००थान), पीपीई ५ थान, स्यानिटाइजर १० थान (१०० एम.एल.) र पल्स अक्सिमिटर ६ थान वडा कार्यालयमा हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य सामाग्री काठेखोला गाउँपालिका वडा नं.३ का कावा अध्यक्ष सुन्तली बिकलाई संस्थाका सदस्य जीतबहादुर सुनार र सावित्रा खत्रीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
मित्रता, एकता, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने उदघोषका साथ स्थापना भएको सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि.काठेखोला ४ तंग्रामले आफ्नो स्थापना काल देखि नै सामाजिक विकास र रुपान्तरणका लागि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।





