बागलुङ, २४ जेठ– बागलुङको बलेवा अमलाचौरमा निशेधाज्ञाका कारण रोजगारी गुमाएका मजदुर तथा विपन्न परिवारलाई युवाहरुले राहत उपलव्ध गराएका छन् । स्थानीय युवा सविन पाठकको नेतृत्वमा युवाहरुले खाद्यान्न सामग्री उपलव्ध गराएका हुन् ।
पछिल्ला ६ दिनदेखि चलिरहेको राहत वितरण कार्यक्रमअन्र्तगत आइतबारसम्म ६५ परिवारलाई राहत उपलव्ध गराएको पाठकले बताए । युवाहरुले स्वस्फुर्त जम्मा गरेको एक लाख ३० हजार रुपैयाँले दाल, चामल, तेल, नुन वितरण गरिएको थियो ।





