बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्तरिम आदेश दिन उच्चको इन्कारी

अन्तरिम आदेश दिन उच्चको इन्कारी


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार

बागलुङ, २७ जेठ– अधिवक्ता राम शर्मासहितले दिएको रिट निवेदनमा उच्च अदालत पोखरा, बागलुङ इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ ।
बुधबार भएको बहसपछि अदालतले यसअघिको एक रिट निवेदनमा सम्बन्धित संस्थालाई आदेश दिइसकेको र केही विषय लिखित जवाफ माग भएकोले त्यसपछि मात्रै आदेश आउने अदालतको भनाई छ । बुधबार न्यायाधिस श्रीकान्त पौडेल र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले आदेश दिनुनपर्ने भनेको हो ।
एक साताअघि अधिवक्ता राम शर्मा, पत्रकार महासंघ, बागलुङका अध्यक्ष नरेश कंडेल, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र साबित्री खड्काले प्रमुख जिल्ला अधिकारी, डिसिसिएमसी, धौलागिरि अस्पताल र मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेल लगायतका संस्थाविरुद्ध जनस्वास्थ्य रक्षाको माग गर्दै रिट निवेदन पेश गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाई भैसकेको छ । बुधबार भने विपक्षीको तर्फबाट उपन्यायधिवक्ता गोपाल प्रसाद ढकालले बहस गरेका थिए । धौलागिरि अस्पतालका अध्यक्ष केवी रानामगर, मेडिकल सुपरिटेण्डेन्ट डा. पोखरेल समेतले आफ्ना कामको बारेमा जानकारी गराएका थिए ।
विपक्षीको तर्फबाट उनीहरुले सिमित दरबन्दी, सिमित वेड, पीपीइ, स्वास्थ्य सामग्री समेतको अभावमा काम गर्नुपर्दा जनताको भावना अनुसार नभएको बताएका थिए । हारगुहार गरेर अहिले २ सय सिलिण्डर व्यवस्थापन गरेर अस्पतालमा हाइफ्लो अक्सिजन दिन सफल भएको समेत बताए ।
अस्पतालले अक्सिजन प्लान्टको स्थापना तयारी गरेको छ । प्लान्ट निर्माणका लागि बजेट समेत बिनियोजन भएको छ । निर्माणाधिन अस्पतालको भवनमा अस्थायी रुपमा समेत बेड बढाउने योजना छ । हाल जटिल संक्रमणका बिरामी घटेकोले थप नभएपनि आवस्यक पर्दा तयार गर्ने अस्पताल श्रोतको दाबी छ ।
अस्पतालमै आइसियु र भेन्टीलेटर पनि थप गर्ने योजनामा रहेको रानाले जानकारी दिए । अदालतले जेठ २३ गते आइतबार पनि सम्बन्धीत संस्थालाई अन्तरिम आदेश दिएको थियो । बागलुङ नगरपालिका वडा नं. १ का टेकबहादुर सार्कीले दिएको रिट निवेदन उपरको बहसपछि उक्त आदेश आइसकेकोले अदालतले बिपक्षीको लिखित जवाफ आएपछि मात्रै नयाँ आदेश आउने उल्लेख गरेको हो ।
कोरोनाको दोश्रो लहर आएपछि बिरामीको संख्या बढेको र तयारी कमजोर भएको टिप्पणी भैरहेको छ । धौलागिरि अस्पतालमा मात्र नभइ ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी र कोभिड अस्पतालमा दक्ष जनशक्ती नभएको, समयमा अक्सिजन लगायतका उपचार सामग्री नपुगेको गुनासो र टिप्पणी आएका हुन् । समयमा उपचारको व्यवस्थापन नगरेकै कारण कतिपयले ज्यान गुमाएको समेत आरोप लाग्दै आएको छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने कोभिडको यकिन उपचार नभएकोले लक्षण र अन्य समस्याको आधारमा उपचार गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->