बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुस्लिम समुदायलाई राहत

मुस्लिम समुदायलाई राहत


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

बागलुङ, २८ जेठ– नेपाल वितरक संघ धौलागिरि शाखा बागलुङले बागलुङ नगरपालिका ४ स्थित मुस्लिम वस्तीका कोरोना प्रभावित परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेको छ । मुस्लिम समुदायका १८ परिवार र सोही टोलमा डेरा गरी बस्ने ४ सहित २२ परिवारलाई प्रतिपरिवार १५ सय बराबरको सामान सहयोग गरिएको थियो ।
कोरोना महामारीको मारमा परेका आर्थिक अवस्था पनि कमजोर भएका घर–परिवारलाई अन्य संघ सस्थालले चामल, दाल लगायतका खाद्यान्न वितरण गरिरहेकोले शरीरलाई शक्ति दिने वस्तु र सरसफाइका सामान सहयोग गरेको अध्यक्ष बद्री ढुंगानाले बताए । कोरोनाका कारण समस्या पारिरहेका न्यून आर्थिक अवस्था भएका कोही भए नेपाल वितरक संघ धौलागिरी शाखा बागलुङले सहयोग गर्ने जनाएको छ ।
बागलुङ नगरपालिका ४ श्रीनगर टोलदेखि डुंडुंगा ब्यारेकचोकसम्म सिल गरिएको छ । सिल गरिएको क्षेत्रमा कोही पनि प्रवेश गर्न नपाउने गरी रोक लगाएपछि आफूहरुलाई खानेपानी, दूध तरकारी लगाएतका अत्यावश्यक वस्तु खरिद गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->