बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्मफ्लाइट्स फाउण्डेसनद्वारा स्वास्थ्य सामग्री सहयोग

कर्मफ्लाइट्स फाउण्डेसनद्वारा स्वास्थ्य सामग्री सहयोग


  • ढोरपाटन सम्वाददाता
  • असार ४ २०७८, शुक्रबार

बागलुङ, ४ असार– कर्म फ्लाइट्स फाउण्डेसन पोखराले बागलुङ र पूर्वी रुकुमका १२ वटा स्वास्थ्य संस्थालाई १९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम कुँवरले संस्थामा पुगेर स्वास्थ्य सामग्री दिएका हुन् ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । फाउण्डेसनले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती सेवा र अप्रेशनका लागि चाहिने कोल्ट्री मेसिन, अटोकेल्प १ सेट, सर्जिकल मास्क १ हजार २ सय, स्टिम पट २५ सेट, फेससिल्ड १० प्याकेट गरी १ लाख ५८ हजारको सामग्रीसहित ४ वटा हाइफ्लो अक्सिजन कन्सन्ट्रेटर दिएको केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
निसीखोला गाउँपालिका तहका सबै स्वास्थ्य संस्थाका लागि ९ लाख ५४ हजारको सामग्री प्राप्त भएको अध्यक्ष तारानाथ पौडेलले बताए । कुँवरले पूर्वी रुकुमको सल्ले अस्पतालमा पनि सामग्री सहयोग गरेका छन् । उक्त अस्पतालमा ५ लिटर क्षमताका २ वटा अक्सिजन कन्सन्ट्रेटर, १० प्याकेट मास्क, १० थान स्टिम पट लगायतका सामग्री अस्पतालका निमित्त प्रमुख बिष्णुबहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । रुकुमस्थित डिसिसिएमसीलाई पनि फाउण्डेसनले सहयोग गरेको छ । १० लिटरका दुइवटा अक्सिजन कन्सन्ट्रेसन, ९ थान पिपिई, १ हजार थान मास्क, २० प्याकेट ग्लोब्ससहित ३ लाख ३० हजारको सामगी दिएको कुँवरले बताए ।
यसैबीच, नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री तथा कांग्रेस महाधिवेसन प्रतिनिधि हरिहर शर्माले जन्मदिनको खर्च कटाएर स्वास्थ्य सामाग्री वितरण गरेका छन् । उनले जैमिनी नगरपालिका ७ को स्वास्थ्य चौकी, आर्युेवेद औषधालय, सामुदायिक स्वास्थ्य इकाइ र प्रहरी चौकीमा सामग्री दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->