बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वैवाहिक वर्षगाँठमा अस्पताललाई स्वास्थ्य सामग्री

वैवाहिक वर्षगाँठमा अस्पताललाई स्वास्थ्य सामग्री


  • ढोरपाटन सम्वाददाता
  • असार ४ २०७८, शुक्रबार

नवलपुर, ४ असार– मानिसहरुका आ–आफ्नै सोच हुन्छन् आ–आफ्नै इच्छा–चाहना पनि हुन्छन् । कसैले आफ्ना प्रियजनको स्मृति दिवस समाजप्रति उत्तरदायी भएर स्मरण गर्छन् । कोही आफ्नै विशेष दिनलाई सामाजिक भावना अनुसार रचनात्मक सेवा–सहयोग गरेर सन्तुष्टि प्राप्त गर्छन् ।
यसैवीच कावासोती नगरपालिका ८ का आरसी भट्टराई र निशा शर्मा सुवेदी भट्टराईले आफ्नो प्रथम बैवाहिक बर्षगाँठको अवसर पारेर अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरे । भट्टराई दम्पतीले दुम्कौलीको अस्थायी कोभिड अस्पताललाई पीपीई २० सेट, ५ हजार थान सर्जिकल मास्क र ५ लिटर स्यानिटाइजर उपलब्ध गराएर वर्षगाँठ मनाए । नेविसंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका आरसी भट्टराईले मनोरञ्जनबाट प्राप्त हुने रमाईलो भन्दा सामाजिक सेवामा गरिने सहयोगले कैयौं गुणा आनन्द हुने भएकाले वैवाहिक वर्षगाँठका अवसरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए ।
सामग्री हस्तान्तरण गर्न बुवा–आमा, श्रीमतीलगायत परिवारका सदस्यसहित भटराई परिवार अस्पताल पुगेका थिए । देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र रोहवर तथा वडा नं. ३ का अध्यक्ष एवं दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष गोपालराज शर्माको अध्यक्षतामा सामग्री हस्तान्तरण भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->