शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु

बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • असार ५ २०७८, शनिबार

बागलुङ, ५ असार– कोरोना संक्रमणबाट बागलुङमा शनिबार बिहान २६ बर्षिया युवतीको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी युवतीको शनिबार बिहान मृत्यु भएको हो । स्वासप्रस्वासमा गम्भिर समस्या भएकी उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए । जिल्लाको बडिगाड गाउँपालिका– ६ घर भएकी उनलाई एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । उनलाई शुक्रबार साँझ अस्पताल ल्याईएको थियो । गम्भिर अवस्थामा अस्पताल आईएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->