आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पेनाल्टीमा चुक्दा स्पेन बराबरीमै रोकियो

पेनाल्टीमा चुक्दा स्पेन बराबरीमै रोकियो


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७८, आइतबार

पोखरा,६ असार–युरोकप २०२१ अन्तगर्त शनिवार राती भएको खेलमा स्पेन पेनाल्टीमा चुक्दा पोल्यान्डसंग बराबरीमै रोकिएको छ । समूह इ अन्तर्गत भएको खेलमा स्पेनले पोल्यान्डसंग १–१ को बराबरी खेलेको हो । स्पेनले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएका हो ।
खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको क्रसपासलाई पहिलो छुवाइमै गोल गरेका थिए । असिस्टेन्ट रेफ्रीले अफसाइड बताएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएको थियो । ३४ औ मिनेटमा मोरेनो अग्रता दोब्बर गर्नबाट चुके । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरीयो ।

३५ औ मिनेटमा पोल्यान्डका क्यारोल स्विडेर्सकीले बराबरी गर्ने अवसर खेर फाले । पेनाल्टी क्षेत्र नजिकैबाट गरेको प्रहार पोस्टमा लाग्दै फर्किन पुग्यो । पहिलो हाफ १–० ले पछि परेको पोल्यान्डले दोस्रो हाफको ५४ औं मिनेटमा बराबरीमा ल्यायो । कामील जोज्वियाकले दायाँ विंगबाट दिएको क्रसलाई रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । स्पेनका खेलाडीले लेवान्डोस्कीले हेडर प्रहार गर्नुअघि डिफेन्डर एमेरिक लापोर्टलाई फल गरेको भन्दै विरोध जनाएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।
खेल बराबर भएको ४ मिनेटपछि नै स्पेनले अग्रता पुनः स्थापना गर्ने सुवर्ण अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र याकुब मोल्डरले मोरेनोलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै स्पेनलाई पेनाल्टी दिएका थिए । मोरेनो आफैंले गरेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो । उक्त रिबाउन्डमा मोराटाको प्रहार बाहिरिंदा खेल बराबरीमा रोकियो ।
बराबरीसँगै स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेनको ४ अंक छ भने स्लोभाकियाको ३ अंक रहेको छ । समूहको अन्तिम खेलमा स्पेन र स्लोभाकिया खेल्दा स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->