बागलुङ, ६ असार– अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध बनेको बागलुङ बजारको पिउने पानीको पाईप लाईन मर्मत गर्ने क्रममा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्मा घाइेत भएका छन् ।
मर्मत तथा पाईप जडानको क्रममा आइतबार काठेखोला गाउँपालिका जिरेदीमा माथिबाट ढुंगा पल्टेर संस्थाका प्रबन्धक शर्मा घाइते भएका हुन् । पाईपको काम भईरहेको समयमा एक्कासी माथिबाट ढुंगा पल्टिदा प्रबन्धक शर्माको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई उपचारको लागि अस्पतालमा ल्याईदैछ ।
बजार क्षेत्रभित्र नियमित पिउने पानी संचालनको लागि सस्ंथाका कर्मचारी, प्राविधिकसहित अन्य जनशक्ति झिकाई निमार्ण कार्य तिव्र पारिएको छ । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याईएको पानीको पाईप झन्डै एक हप्ताअघि बाढी पहिरोको कारण बिभिन्न स्थानमा क्षति पु¥याएपछि नियमित आपुर्ति हुन सकेको थिएन ।
बैकल्पिक माध्यमबाट शनिबारदेखि रेश खोलाको मुहानको पाईपबाट पानी बजारमा वितरण गरिए पनि अन्य क्षेत्रमा ठुलो क्षतिको कारण निमार्ण कार्य भईरहेको छ । क्षतिको कारण बजार क्षेत्रभित्र अहिले पर्याप्त पानी पु¥याउन नकिएपनि समय तालिकाअनुसार वितरण गरिएको छ । पहिरोले बानपा–३ बोक्से, सिम्ले, सुल्डॉडामा रहेको पानीको टंकीदेखि तलको जमिन दोबिल्ला, जिरेदी भुदीखोला, रेश खोला र रिठ्ठेखोला मुहान लगाए १५ स्थानमा क्षति पुगेको संस्थाले जनाएको छ ।





