बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रिकाको बार्षिकोत्सवमा स्वास्थ्य सामग्री सहयोग

पत्रिकाको बार्षिकोत्सवमा स्वास्थ्य सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

बागलुङ, ७ असार– बागलुङमा प्रकाशनहुने जननिगरानी साप्ताहिक पत्रिकाले आफ्नो बािर्षकोत्सवमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । आईतबार चौथो बार्षिकोत्सवको अवसरमा काठेखोला गाउँपालिका र नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको पत्रिकाले कोरोना महामारीमा अग्रमोर्चामा खटिरहेका काठेखोला गाउँपालिकाका स्वास्थ्यकर्मी र नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । मास्क, सेनिटाइनर र सावुन सहयोग गरेको संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीले गाउँपालिका र महासंघलाई १५ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको बताए । ३० प्याकेट मास्क, ५ लिटर सेनिटाइजर र ५० पिस साबुन स्वास्थ्य शाखाका सोमराज पाण्डेलाई र १५ प्याकेट मास्क, १० पिस सेनिटाइजर र ३० पिस साबुन पत्रकार महासंघका सचिव विजय राना र सदस्य नारायण रिजाललाई हस्तान्तरण गरिएको थियो । कोरोना महामारीको विचमा बार्षिकोत्सव मनाउने रकमले गाउँपालिकाको स्वास्थ्य शाखा र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग गरेको पत्रिकाका सम्पादक नविन शिशिर वि.कले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->