पोखरा,८ असार–युरो कप २०२१ मा अष्ट्रिया पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।
समूह सी अन्तर्गत भएको खेलमा अष्ट्रियालाई अन्तिम १६ मा प्रवेश गराउन क्रिस्टोफ बाउमगार्टनर नायक बने । खेलको २१ औ मिनेटमा कप्तान डेविड अलाबाको पासमा बाउमगार्टनरले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
उक्त गोल नै खेलको निर्णायक बन्न पुग्यो । ४२ औ मिनेटमा मार्को अर्नाउटोभिचले टोलीको अग्रता दोब्बर गर्ने अवसर खेर फाले । उनले युक्रेनको कर्नरबाट अघि बढेको बलमा काउन्टर अट्याकमा गतिलो प्रहार गर्न नसक्दा गोल गर्न चुके ।
सुरुवात देखि नै युक्रेन माथि दबदबा बनाएको अष्ट्रियाले दोस्रो हाफमा भने कुनै अवसर नै दिएन । जीतसंगै ६ अंकका साथ अष्ट्रिया दोस्रो स्थानमा रहँदै अन्ति १६ मा प्रवेश गरेको हो । यस्तै युक्रेनको ३ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
नेदरल्यान्डस् ९ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा यस अघि नै प्रवेश गरिसकेको छ । नर्थ मसेडोसिया अंक विहिन रहँदै बाहिरीएको छ ।





