आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोपा अमेरिका : चिली र उरुग्वे बराबरीमै रोकियो

कोपा अमेरिका : चिली र उरुग्वे बराबरीमै रोकियो


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७८, मंगलबार

पोखरा,८ असार–कोपा अमेरिका अन्तर्ग चिली र उरुग्वेबीचको खेल १–१ गोलको बराबरीमै रोकिएको छ । सोमबार राती भएको खेलमा चिलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भएको हो ।

 

इडुआर्डो भार्गासले गोल गर्दै अग्रता दिलाएपनि आर्टुरो भिडालले आत्मघाती गोल गर्दा उरुग्वे १–१ को बराबरीमा रोकिएको हो । खेलको छैटौ मिनेटमा चार्लेस एरानग्वेजले गरेको प्रहारलाई डिफन्डेरले ब्लक गरिदिदा चिली अग्रता लिनबाट चुक्यो ।

 

नवौं मिनेटमा लुइस सुआरेजको पासमा जिओरजियानको डि एरासकेइटाको प्रहारलाई चिलीका गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे । १७औं मिनेटमा चिलीका इरिक पुग्लरको प्रहार सदुपयोग हुन सकेन ।

२५औ मिनेटमा इडुआर्डाे भार्गासको गोलबाट चिलीले अग्रता लियो । उनले बिन बेरेन्टेनको पासमा कठिन एंगलबाट गोल गरेका थिए । २७औं मिनेटमा सुआरेजले बराबरीको सुवर्ण अवसर खेर फाल्यो ।

 

३५औं मिनेटमा फेडे भाल्भेर्डेले अवसर खेर फाल्दा उरुग्वे बराबरीबाट चुक्यो । ४४औं मिनेटमा इडिन्सन काभानीको पासमा जियोभानी गोन्जालेजले अवसर खेर फाल्दा उरुग्वेले खेल बराबरी गर्न सकेन ।

 

खेलको ५०औं मिनेटमा काभानीले अवसर खेर फाले । ६५औं मिनेटमा फकुन्डो टोरेस र लगत्तै माटिएस भिसिनोदे अवसर खेर फाल्दा सोही मुभमा आर्टुरो भिडालले आत्मघाती गोल गरेपनि उरुग्वेले खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

लुइस सुआरेजको प्रहार भिडालाई लाग्दै गोलमा परिणत भएको थियो । यो बराबरीपछि चिली ३ खेलबाट ५ अंक सहित समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।

 

उरुग्वेको २ खेलबाट १ अंक सहित चौथो स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहँदा बोलिभिया अंकविहीन छ । समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिना भने अन्ति ८ मा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->