पोखरा, ९ असार– लिगचरणको अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै क्रोयशियाले युरोकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
मंगलबार राती भएको खेलमा स्कटल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै समूह डी को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको १७ औ मिनेटमा निकोलो भ्लासिचले गालेगर्दै टोलीलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र आएको क्रसपासमा उनले गोल गरे ।
१–० ले पछि परेको स्कटल्याण्डले खेलको ४२ औ मिनेटमा क्यालम मक्ग्रेगरको गोलको मद्धतमा खेल बराबरीमा ल्याय । पहिलो हाफ १–१ गालेको बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भने क्रोयशियाले उत्कृष्ट खेल प्रदर्सन गर्दै थप २ गोल गर्न सफल रह्यो ।

खेलको ६२ औ मिनेटमा लुका मोड्रिचले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसतै खेलको ७७ औ मिनेटमा इभान पेरिसिचले थप १ गोल गर्दै जीत पक्का गराएका थिए । उनले मोड्रिचको कर्नरमा हेडरमार्फत गोल गरे ।

जीतसंगै ३ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा रहँदा चेक रिपब्लिक भने गोल अन्तरमा समान अंक रहेपनि तेस्रो स्थानमा रह्यो । ३ खेलबाट इग्ल्याण्डको भने ७ अंक रहँदै शीर्षस्थानमा यथावत रह्यो । स्कटल्याण्डको भने १ अंक रहँदै बाहिरीएको छ ।
सोहि समूहको अर्को खेलमा इग्ल्याण्डले चेक रिपब्लिकलाई १–० ले हराउँदै आफ्नो अपराजित यात्रा कायमै राख्यो । खेलको १२ औ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।





