आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा

डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा


  • ढोरपाटन संवाददाता
  • असार १० २०७८, बिहिबार

पोखरा,१० असार–युरो कपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा फ्रान्सलाई बराबरीमा रोक्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

समूह एफ को अन्तिम खेलमा पोर्चुगलले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए । तर, खेलमा पोर्चुगल सम्हालिन नसक्दा पहिलो हाफमै १–१ को बराबरी खेलेको थियो ।

 

फ्रान्सका कप्तान एवम् गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बल पन्च गर्ने क्रममा पोर्चुगलका खेलाडी ड्यानिलो परेराको टाउकोमा लागेपछि पेनाल्टीको अवसर पाएको थियो ।

 

उक्त पेनाल्टीको कप्तान क्रिस्टियानो रोनाल्डोको सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा पोर्चुगलका डिफेन्डर नेल्सन समेडोले किलीयन एमबाप्पेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पनि पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

 

उक्त पेनाल्टीको सदुपयोग गर्दै करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफ १–१ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफको सुरुवातमै बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को अवस्थामा पु¥याएका थिए ।

 

५८ औं मिनेटमा पोर्चुगलले खेल बराबरी गर्ने सुवर्ण अवसर पायो । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन् । रोनाल्डोले गोलरक्षक लोरिसलाई विपरित दिशामा पठाउँदै खेल २–२ को बराबरीमा ल्याए ।

 

६८ औं मिनेटमा फ्रान्स पुनः अग्रता लिनबाट थोरैले चुक्यो । पोग्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोर्चुगलका गोलरक्षक रुई प्याट्रीसिओले बचाएपछि क्रसबारमा लागेर फर्किएको थियो ।

 

फ्रान्सले खेलको अन्त्यतिर बल पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेपनि पोर्चुगल रक्षात्मक रुपमा बलियो प्रदर्शन गर्दै अंक जोड्न सफल रहयो । पोर्चुगलले ३ खेलबाट ४ अंक बटुल्दै समूहको तेस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो ।

 

यस्तै फ्रान्स ५ अंक सहित समूह विजेता बन्न सफल रह्यो । जर्मन ४ अंक सहित दोस्रो हुदैँ अन्तिम १६ मा प्रवेश गरेको हो । जर्मनी हेड टु हेडको आधारमा पोर्चुगल भन्दा अघि रहँदै दोस्रो भएको हो । हंगेरी भने २ अंक जोड्दै बाहिरीएको छ ।

 

अपराजित फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो । जर्मनीले आफ्नो खेलमा हंगेरीसँग २–२ को बराबरी खेलेपछि ४ अंक जोड्दै दोस्रो भयो । समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो ।

 

पोर्चुगल पनि उत्कृष्ट ४ तेस्रो स्थाको टोलीमा पर्दै अघि बढेको छ । ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरियो ।

 

युरा कप अन्तर्गत समूह ए बाट इटाली,वेल्स र स्विट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो । समूह बी बाट बेल्जियम र डेनमार्क, समूह सी बाट नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन, समूह डी बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक, समूह इ बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स, जर्मन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->